काठमाडौं । कुमारी बैंक र ठमेलस्थित रमदा अन्कोर बाइ विन्डम होटलबीच बैंकका ग्राहकलाई होटल तथा रेस्टुरेन्टका विभिन्न सेवामा छुट दिने सम्झौता भएको छ।
सम्झौताअनुसार कुमारी बैंकका ग्राहकले होटलको खाना तथा पेय पदार्थ र स्पा सेवामा १५ देखि २० प्रतिशतसम्म छुट पाउनेछन्। होटलका विभिन्न सेवा लिन ग्राहकलाई किस्ताबन्दी सुविधा पनि उपलब्ध गराइने बैंकले जनाएको छ।
वार्षिक न्यूनतम १५ हजार रुपैयाँ खर्च गर्ने ग्राहकले जन्मदिनमा निःशुल्क केक पाउनेछन्। पारिवारिक जमघट तथा कार्यक्रममा केक र कर्केज शुल्क नलाग्ने व्यवस्था पनि गरिएको छ।
त्यस्तै, रेस्टुरेन्टमा वार्षिक ५० हजार रुपैयाँ खर्च गर्ने कुमारी बैंकका ग्राहकले एक दिनको कोठा निःशुल्क पाउनेछन्। ग्राहकका लागि ‘फ्यामिली डे आउट प्याकेज’ र ‘फ्यामिली स्टे प्याकेज’मा पनि विशेष छुटको व्यवस्था गरिएको छ।
कुमारी बैंकले २५ वर्षदेखि बैंकिङ सेवा दिँदै आएको जनाएको छ। बैंकका अनुसार देशभर २७९ शाखा, २९५ एटिएम, ४१ एक्सटेन्सन काउन्टर र ४० शाखारहित बैंकिङ एकाइमार्फत सेवा दिइरहेको छ।