0
Shares
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको सहभागिताबारे प्रतिनिधि सभाको आजको बैठकलाई जानकारी गराएका छन् ।
महासभामा ‘जेनरल डिबेट’मा प्रधानमन्त्री बालेन्द्र शाहले गरेको सम्बोधनले जलवायु न्यायलाई यथार्थमा परिणत गर्न योगदान दिएको उनले स्पष्ट पारे ।
परराष्ट्रमन्त्री खनालले राष्ट्रसंघीय महासभामा भाग लिने क्रममा नेपालका तर्फबाट विभिन्न मुलुकका उच्च पदाधिकारी तथा समकक्षीहरूसँग भेटवार्ता एवं छलफल तथा विभिन्न सत्रलाई सम्बोधन गरेको पनि अवगत गराए ।