सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

0 Shares

काठमाडौं । आज सुनचाँदीको मूल्य बढेको छ । आज सुनको तोलामा १ हजार ५ सय रुपैयाँ बढेर २ लाख ९४ हजार ८ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि बुधबार तोलामा २ हजार ८ सय रुपैयाँ बढेको थियो । बिहीबार सुनको मूल्य तोलाको २ लाख ९३ हजार ३ सय रुपैयाँमै स्थिर थियो ।

त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँ बढेको छ । योसँगै आज चाँदीको मूल्य तोलामा ४ हजार ४५० पुगेको छ । बिहीबार चाँदीको भाउ ४ हजार ४ सय २५ रुपैयाँ थियो ।

सम्बन्धित समाचार