0
Shares
रुपन्देही । रुपन्देहीको बुटवल उपमहानगर ११ देवीनगर र बुद्धनगर जोड्ने तिनाउ नदीको पुलबाट हिजो साँझ एक पुरुष नदीमा हामफालेर बेपत्ता भएका छन् ।
प्रहरीका अनुसार अन्दाजी ३५ वर्षीय ती पुरुष साँझको समयमा पुलबाट नदीमा हामफालेका हुन् । नदीमा हामफालेपछि उनी बेपत्ता भएका छन् ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) निशान्त श्रीवास्तवले नदीमा हामफालेर बेपत्ता भएका पुरुषको खोजी भइरहेको जानकारी दिए । उनका अनुसार बेपत्ता पुरुषको पहिचान हालसम्म खुल्न सकेको छैन ।
बेपत्ता भएका पुरुषको खोजीका लागि प्रहरी परिचालित भइसकेको छ । प्रहरीले खोजीसँगै घटनाबारे थप विवरण संकलन गरिरहेको जनाएको छ ।