काठमाडौं । एप्पलको आधिकारिक विक्रेता जेनेरेसन नेक्स्ट कम्युनिकेसनले नेपालमा आईफोन १८ प्रो सिरिज सार्वजनिक गर्ने भएको छ।
अक्टोबर १, २०२६ देखि जेननेक्स्टले आईफोनका सिरिज सार्वजनिक गर्ने भएको हो । यस सिरिजमा आईफोन १८ प्रो र आईफोन १८ प्रो म्याक्स उपलब्ध हुनेछन् ।
उक्त सिरिजका फोन विशेष अफरमा सार्वजनिक हुने बताइएको छ । अक्टोबर १ देखि १० सम्म फोन खरिद गर्नेहरूका लागि लक्की ड्र आयोजना गरिएको छ ।
उक्त लक्की ड्रमार्फत २५ लाखको ग्र्यान्ड प्राइज वितरण हुनेछ । यस्तै, १८ जनाले एप्पल वाच सिरिज ११ प्राप्त गर्नेछन् ।
नबिल बैंकको क्रेडिट कार्डमार्फत ग्राहकहरूले १२ महिनासम्म शून्य प्रतिशत ब्याजदरमा ईएमआई सुविधा प्राप्त गर्नसक्नेछन् ।
क्रेडिट कार्ड नभएका ग्राहकले एमएडब्लू कार्डलेस ईएमआई सुविधा उपलब्ध हुनेछ । पहिलो २०० जना ग्राहकले एनसेल प्री–पेड सीम प्राप्त गर्नेछन् भने तीन महिनासम्म अनलिमिटेड डाटा र भ्वाइस प्याक नि :शुल्क प्राप्त गर्नेछन् ।
मूल्य
प्रोम्याक्स २५६ जीबी दुई लाख ७९ हजार ९००
प्रोम्याक्स ५१२ जीबी तीन लाख, २२ हजार ९९०
प्रोम्याक्स वान टीबी चार लाख सात हजार ९००
प्रोम्याक्स टू टीबी पाँच लाख ३४ हजार ९००
प्रो ५१२ जीबी तीन लाख एक हजार ९००
प्रो वान टीबी तीन लाख ८६ हजार ९००
प्रो टू टीबी पाँच लाख १३ हजार ९००