काठमाडौँ । नेपाली बजारमा पछिल्लो एक सातामा सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुन चाँदी व्यवसाय महासंघकाअनुसर सुनको मूल्यमा भारी गिरावट आएको हो ।
महासंघका अनुसार असोज ३ गते शनिबार प्रतितोला ३ लाख ३ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य असोज ९ गते शुक्रबारसम्म आइपुग्दा घटेर २ लाख ९८ हजार ६०० रुपैयाँ कायम भएको छ ।
महासंघका अनुसार असोज ४ गते आइतबार सुनको मूल्य प्रतितोला २ हजार १०० रुपैयाँले बढेर ३ लाख ५ हजार २०० रुपैयाँ पुगेको थियो । त्यसपछि भने लगातारजसो मूल्य घटेको थियो । असोज ५ गते सोमबार सुनको मूल्य थप १ हजार ३०० रुपैयाँले घटेर प्रतितोला ३ लाख ३ हजार ९०० रुपैयाँमा झर्यो ।
असोज ६ गते मंगलबार थप १ हजार ७०० रुपैयाँले घटेर ३ लाख २ हजार २०० रुपैयाँ कायम भयो । असोज ७ गते बुधबार भने सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेर ३ लाख २ हजार ३०० रुपैयाँ पुगेको थियो । असोज ८ गते बिहीबार एकै दिन ३ हजार २०० रुपैयाँले घटेपछि सुनको मूल्य २ लाख ९९ हजार १०० रुपैयाँमा झरेको थियो ।
साताको अन्तिम कारोबार दिन असोज ९ गते शुक्रबार पनि सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेर २ लाख ९८ हजार ६०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । योसँगै पछिल्लो एक सातामा सुनको मूल्य तोलामा ४ हजार ५०० रुपैयाँले घटेको हो ।