0
Shares
काठमाडौं । सोमबार त्रिपुरेश्वरमा बस आगलागी हुँदा घाइते भएका चालको मृत्यु भएको छ । कीर्तिपुर अस्पताल (बर्न अस्पताल)मा उपचारका क्रममा उनको मृत्यु भएको हो ।
स्रोतका अनुसार उनको सोमबार राति नै मृत्यु भएको हो । अस्पतालका अनुसार चालकको शरीरको ९० प्रतिशत भाग जलेको थियो । घाइते चालकलाई दिउँसो करिब १ बजे अस्पताल पुर्याइएको थियो ।
सोमबार मध्याह्न त्रिपुरेश्वरचोकको बस स्टपमा रिद्धिसिद्धि यातायातको बसमा आगलागी भएको थियो । आगलागी भएको बस नम्बर बा ५ ख ४२७४ हो । चालक आफैँले बसमा आगो लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।
घटना हुनुअघि उनको ट्राफिक प्रहरीसँग विवाद भएको भिडियो सार्वजनिक भएको थियो । यो घटनाको छानबिनका लागि समिति गठन भइसकेको छ ।