भन्सार छलीको मदिरासहित दुई जना पक्राउ

0 Shares

काठमाडौं। भन्सार छलेर भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवैध मदिरासहित दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार आइतबार बिहान पाल्हीनन्दन गाउँपालिका–१ महेशपुरबाट यूपी ३२ युटी ५६८९ नं. को कारमा राखी मदिरा ल्याउँदै गरेको अवस्थामा कारसहित दुई जनालाई चेकजाँचको क्रममा नियन्त्रणमा लिइएको हो।

उनीहरूको साथबाट ओल्ड मङ्क रम २७४ थान बरामद गरेको छ। बरामद मदिराको अन्दाजी मूल्य पाँच लाख ४८ हजार र कारको मूल्य ३५ लाख रूपैयाँ कायम गरिएको प्रहरीको भनाइ छ। डीएसपी मदन थापाले उनीहरूमाथि थप कारबाही अघि बढाएको बताए।

सम्बन्धित समाचार