असोज ३ गते शनिबार तपाईको राशिफल कति शुभ?

0 Shares

आज मिति २०८३ असोज ३ गते शनिबार । २०२६ सेप्टेम्बर १९ नेपाल सम्बत ११४६ ञलाथ्व अष्टमी तिथि । शरद ऋतु, भाद्र कृष्ण पक्ष अष्टमी । आज बिहान ५ बजेर ५१ मिनेटमा झुल्किएको घाम साँझ ६ बजेर ६ मिनेटमा अस्ताउने छ । अब सुरु गरौँ आजको राशिफलः

मेष

भाग्यबलका साथै साहस वृद्धि हुनेछ । पराक्रम र उत्साह बढ्नुका साथै प्रशस्त धन आर्जन गर्ने मौका जुर्ला । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुन सक्छ । साझेदारीमा पनि फाइदा हुने देखिन्छ । तथापि, सवारीसाधनको प्रयोगमा आजको दिन विशेष सावधानी अपनाउनुपर्ने छ ।

बृष

सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनाले काममा उत्साह जागृत हुनेछ । तर, मेहनतअनुसार फाइदा कमै होला । आमाको माध्यमबाट विशेष काम बनाउन सकिनेछ । पूर्ण सफलताका लागि महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । समयमा होसियार बन्न नसक्दा नियमित कार्यमा बाधा र खर्च बढ्ने देखिन्छ ।

मिथुन

पछिसम्म लाभ हुने काममा लगानी गर्ने अवसर प्राप्त हुनेछ भने आँटेका काम तत्काल सम्पादन हुनेछन् । भौतिक साधन जुट्नाले आयआर्जन पनि राम्रै होला । कतै अतिथिका रूपमा सम्मान मिल्ने समय छ । तर, पराक्रम बढ्नुका बाबजुद आज हातमा आएको अवसर गुम्ने सम्भावना छ ।

कर्कट

व्यावसायिक काममा खर्च केही वृद्धि भएपनि आजको दिन तपाईंले सोचेको काममा सफलता प्राप्त हुने देखिन्छ । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । गरिएका कामको राम्रै मूल्यांकन होला । धनलाभको योग रहेको छ । धर्मकर्म र सेवामूलक कामबाट प्रतिष्ठा मिल्नेछ । प्रयत्न गर्दा जटिल काममा पनि सफलता हात लाग्ला ।

सिंह

कामको चापबाट फुर्सद पाइने र सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिने समय छ । नसोचेको ठाउँबाट धनको लाभ हुने देखिन्छ । साथै, ब्यापार ब्यवसायमा पनि राम्रै फाइदाको योग छ । विभिन्न अवसरले पछ्याउनेछन् । भविष्यका लागि विशेष काममा जग बसाउने मौका जुर्ला ।

कन्या

सानातिना काम या घरेलु समस्यामा अल्झनुपर्ने समय छ । अनावश्यक दौडधुपमा समय बित्न सक्छ । प्रयत्नका बाबजुद मौकाको फाइदा उठाउन नसकिएला । आफ्नै कमजोरीले विवादमा परिनेछ भने आत्मविश्वासका साथ अभिप्रेरित हुनेहरूले चुनौती चिर्न सक्नेछन् । सहयोगीहरूले राम्रै साथ दिनाले प्रतिस्पर्धी परास्त होलान् ।

तुला

आजको दिन केही अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ, तर मेहनतले धेरैको विश्वास जित्न सकिने समय छ । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग निकटता बढ्ने देखिन्छ । धेरै समय सानातिना काममा बित्सक्ने योग छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ, ध्यान राख्नुहोला ।

वृश्चिक

आम्दानी तथा आयआर्जनका स्रोत बढ्ने समय छ । रसरागमा आकर्षण बढ्नेछ भने खेलकुद र भ्रमण जस्ता क्रियाकलापमा आकर्षण रहला । शुभचिन्तकहरूले साथ दिनेछन् र विभिन्न अवसर पाइनेछ । तर, आफ्नै कमजोरीले चिताएको काममा व्यवधान आउने देखिन्छ । व्यापारमा राम्रै फाइदा मिल्नेछ ।

धनु

रुचिका विषयमा लगानी बढाउने समय छ । तर, समयमा होसियार बन्न नसक्दा काममा बाधा हुने र खर्च बढ्ने देखिन्छ । अप्ठ्यारो काम मित्रजनको सहयोगले बन्नेछ । प्रेम र मित्रताको बन्धन कसिएर जाला । रमाइला ठाउँको भ्रमण गर्ने अवसर प्राप्त हुन सक्छ । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदाको योग छ ।

मकर

अरूका काममा समय बित्न सक्छ । उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्ला । तथापि, प्रयत्न गर्दा विगतका कमजोरीलाई सच्याउन सकिनेछ । टाढिएका आफन्तहरू नजिकिन सक्छन् । सबल स्वास्थ्यका लागि मसलाजन्य खानपानबाट आजको दिन सावधान रहनु हितकर होला ।

कुम्भ

कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने समय भएपनि आजको दिन प्रतिस्पर्धीलाई कमजोर ठान्दा हानी ब्यहोर्नुपर्ने योग छ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । कृषि तथा पशुपालनमा फाइदा नै होला । पढाइलेखाइका साथै सन्तान पक्षको बारेमा चिन्ता बढ्न सक्छ ।

मीन

ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्ने समय छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता नगर्नु हितकर होला । बोलीको गलत अर्थ लाग्नाले आत्मसम्मानमा चोट पुग्न सक्ने योग रहेकोले विचारलाई तौलेर व्यक्त गर्नु बुद्धिमानी सावित हुनेछ । रमाइलो यात्राको अवसर जुट्ने देखिन्छ ।

सम्बन्धित समाचार