0
Shares
काठमाडौं । दाङमा ८ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा घोराही उपमहानगर १७ गैरागाउँस्थित ग्रिल उद्योगमा काम गरी बस्ने भारतीय पुरुष पक्राउ परेका छन् ।
भारतको उत्तर प्रदेश बलरामपुर घर भएका ४४ वर्षीया दिननाथलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
उनले बालिकालाई सोही ग्रिल उद्योगमा सोमबार बेलुकी मोबाइल देखाउने बहानामा बलात्कार गरेको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।