महँगीले छोयो आकाश, फलफूलमा १५ प्रतिशतसम्म मूल्य वृद्धि

0 Shares

काठमाडौं । चालू आर्थिक वर्ष २०८३/८४ पहिलो महिना साउनमा महँगीले आकाश छोएको छ । साउन महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.९६ प्रतिशत पुगेको छ । गत वर्ष साउनमा यो १.६८ प्रतिशत थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार यसले नेपालमा महँगीले आकाश छोएको देखाएको छ । आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार महँगीको मार सबै बढी खाद्यान्न र यातायातमा छ ।

राष्ट्र बैंकका अनुसार खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घिउ तथा तेलमा १५.६२ प्रतिशत मूल्य बढ्दा फलफूलमा पनि १५.३९ प्रतिशत बढेको छ ।

गैरखाद्यतर्फ सबैभन्दा धेरै बढी महँगी यातायातमा १३.१७, मदिरा ७.२०, कपडा तथा जुत्ताचप्पल ५.५२ र सुर्तीजन्य पदार्थमा ४९७ प्रतिशत छ ।

सम्बन्धित समाचार