एक महिनामै भित्रियो २ खर्ब १५ अर्ब रेमिट्यान्स, गत वर्षभन्दा कति बढी?

0 Shares

काठमाडौं । चालू आर्थिक वर्ष पहिलो महिना साउनमै २ खर्ब १५ अर्ब ५ करोड रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिएको छ । यो रकम गत आव सोही अवधिको तुलनामा २१.२ प्रतिशत बढी हो ।

गत आव साउनमा १ खर्ब ७७ अर्ब ४१ करोड बराबर रेमिट्यान्स भित्रिएको थियो । त्यसैगरी गत आव कुल २३ खर्ब ६३ अर्ब रुपैयाँ बराबर रेमट्यिान्स आएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार चालू आव साउनमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १०.२ प्रतिशत वृद्धि भई १ अर्ब ४० करोड पुगेको छ । गत आव सोही अवधिमा २५ प्रतिशत बढेको थियो ।

चालू आव पहिलो महिनामै वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ४२ हजार ६९३ र पुनः श्रम स्वीकृति लिनेको संख्या २७ हजार ७४८ छ । गत आव सोही अवधिमा यो संख्या क्रमशः ४४ हजार ४६६ र २३ हजार ६४४ रहेको थियो ।

सम्बन्धित समाचार