बाढी पीडितका लागि प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १४ अर्ब

0 Shares

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपैयाँ जम्मा भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान ९ बजेसम्मको विवरण अनुसार विभिन्न नौ वटा बैंकमा १० अर्ब ४० करोड ९९ लाख ४३ हजार ५१६ जम्मा भएको छ ।

त्यस्तै, कोषका अन्य दुई वटा बैंकमा रहेको डलर खातामा दुई करोड ३७ लाख ६ हजार ५७५ अमेरिकी डलर जम्मा भएको छ ।

राहत कोषबाट केही दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट पीडितलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत एक अर्ब निकासा गरिएको थियो ।

सम्बन्धित समाचार