आज मिति २०८३ भदौ २८ गते आइतबार । सन् २०२६ सेप्टेम्बर १३ तारिख । नेपाल सम्बत ११४६ गुलागा द्वितीया । रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, भाद्र कृष्ण पक्ष द्वितीया, चन्द्रमा कन्या राशिमा, हस्त नक्षत्र, शुक्ल योग, कौलव करण । आज बिहान ५ बजेर ४८ मिनेटमा झुल्किएको घाम साँझ ६ बजेर १३ मिनेटमा बजे अस्ताउने छ । अब सुरु गरौँ आजको राशिफलः
मेष
गरिएका कर्मको उचित प्रतिफल पाइनेछ, तर पुरानो गतिले काम बिग्रन सक्ने देखिन्छ । विशेष योजना गोप्य राखेर अघि बढ्नु हितकर होला । कसैलाई बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ । समय प्रतिकुल जस्तो अनुभूति भएपनि धन आर्जनको योग छ ।
बृष
प्रयत्न गर्दा समयको सदुपयोग हुने एवम् आश मारेको फल पुनः प्राप्त हुनसक्ने दिन छ । तर, सानातिना काम गरेरै दिन गुज्रनसक्छ । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । रोकिएका काम अघि बढाउन परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ ।
मिथुन
कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ, विवेकले काम लिने प्रयत्न गर्नुहोला । विशेष योजना अघि बढाउँदै हुनुहुन्छ भने केही चुनौतीको सामना गर्नुपर्ने देखिन्छ । व्यापार–व्यवसायमा लाभ मिल्ने छ । व्यावसाय विस्तारका लागि यात्रा पनि हुनसक्छ ।
कर्कट
संघर्ष गरेर अधिकार स्थापित गर्न सकिने समय छ । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । शत्रुहरू किनारा लाग्नेछन् । प्रतिस्पर्धामा विजयी भइनेछ । कृषि, पशुधन र अचल सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिएला । सहयोगीहरूले राम्रो साथ दिनाले अनुकुलता वृद्धिको अनुभूति हुनेछ ।
सिंह
केही चुनौतीयुक्त दिन छ । इर्ष्या गर्नेहरूले काममा अवरोध गर्न सक्छन् । आफ्ना योजना गोप्य राखेर अघि बढ्नु हितकर हुनेछ । जुझारु स्वभावका कारण चुनौती चिर्दै काम सम्पादन गर्न सकिएला । खर्चको मात्रा केही बढ्ने देखिन्छ । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ ।
कन्या
मिश्रित फलदायी समय छ । महत्वपूर्ण कार्यमा अरूको भरपर्दा काम रोकिन सक्छ । योजना कार्यान्वयनका लागि हिम्मत जुटाउनु अपरिहार्य देखिन्छ । समयले नयाँ ज्ञान सिकाउला । आम्दानी बढ्ने र नयाँ सवारी साधन प्राप्तिको योग छ । कतै आतिथ्यपूर्ण सम्मान पाइएला ।
तुला
दिन मनोरञ्जनपूर्ण रहला । प्रेमको बन्धन कसिने तथा दाम्पत्य सम्बन्धमा रमाउने समय छ । सोख पूर्तिका लागि खर्च केही बढ्न सकिन्छ । सबल स्वास्थ्यका लागि खानपानमा सजग रहनु हितकर होला । आलस्यले गर्दा अवसर गुम्न सक्छ, जागरुक रहने प्रयत्नले नसोचेको लाभ दिलाउन सक्छ । आफ्ना अभिव्यक्ति एवम् विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ ।
वृश्चिक
बुद्धि विवेकको प्रयोगले रोकिएको काम अघि बढ्नसक्ने समय छ । बौद्धिक र रचनात्मक कार्यमा विशेष सफलता मिल्ने देखिन्छ । व्यापारलगायत आर्थिक लाभ हुने काममा पनि सुखद लक्षण मिल्ने देखिन्छ । स्वादिष्ट भोजनमा मन रमाउला ।
धनु
रोकिएका काम बिस्तारै बन्नेछन् । खेलकुद, भ्रमण एवम् मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ । पहिलेको कुनै सम्झौता–सहमतिले अप्ठ्यारो पार्न सक्छ, ध्यान राख्नुहोला । अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा मिल्ने देखिन्छ ।
मकर
आजको दिन सहयोगीहरूले काममा विशेष सहयोगको तत्परता देखाउनेछन् । समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन् । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । मनमा आध्यात्मिक भाव पैदा होला । अनुकूलता वृद्धि हुनेछ ।
कुम्भ
विशिष्टजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । लगनशीलताले राम्रै उपलब्धि दिलाउने देखिन्छ । बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ । धैर्यसाथ निरन्तरको प्रयत्नले काममा फाइदा हुनेछ ।
मीन
रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । तर, कमजोर मानसिकताले पछि परिने सम्भावना छ । आत्मविश्वास जगाउन स्वप्रयत्नको दरकार छ । हिम्मत गर्दा पुरुषार्थी काम सम्पादन हुनसक्छ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा लक्ष्य प्राप्त गर्न विलम्ब हुने देखिन्छ ।