0
Shares
काठमाडौं । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढी पीडितका लागि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले एक करोड सहयोग गरेको छ ।
आज पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौला (सरोज)सहितको टोलीले उक्त रकम हस्तान्तरण गरेको हो ।
यसका लागि महासंघले प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा ९९ लाख ८४ हजार ६९५ प्रदान गरेको हो ।