काठमाडौं । गत फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनसँगै दुई तिहाई मत पाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा ठूलो दल बन्यो । झण्डै दुई तिहाई मत पाएसँगै पार्टीको वरिष्ठ नेता बालेन्द्र साह (बालेन)को नेतृत्वमा सरकार गठन भयो ।
नयाँ जनमतसँगै शक्तिशाली सरकार बनेको ६ महिनाको अवधिमा दुई जना मन्त्री पदबाट बाहिरिएका छन् । मन्त्री मण्डल बनेको १४औँ दिनमै तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपक कुमार साह बर्खास्तमा परेका थिए ।
यसपछि पदबाट हटाउन निशानामा परेकी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले आज पदबाट राजीनामा दिएकी छन् । यसअघि उनले बुधबा आफूलाई उद्योगी र कर्मचारीले नटेरेको भन्दै उद्योगीलाई पाता कस्नु पर्ने अभिव्यक्ति दिएकी थिइन् । लगत्तै आज उनले पदबाट राजीनामा दिनुपरेको हो ।
मन्त्री यादवलेले प्रधानमन्त्री साहसमक्ष राजीनामा बुझाएकी हुन् । उनको सचिवालयले भनेको छ, ‘उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले आज प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा बुझाउनु भएको छ ।’
मन्त्री यादवले पदबाट राजीनामा दिएसँगै उनको स्थानमा दीपककुमार साहले ‘इन्ट्री’ पाएका छन् । प्रधानमन्त्री साहले राष्ट्रपति समक्ष उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त गर्न उनलाई सिफारिस गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको थियो ।
साहलाई मन्त्री पदमा आजै शपथ गराउने कार्यक्रम रहेको जनाइएको छ । इन्जिनियर साह सुनसरी क्षेत्र नं–४ बाट निर्वाचित रास्वपा सांसदका रुपमा निर्वाचित भएका थिए ।