0
Shares
काठमाडौं । बाढीका कारण काठमाडौं-मुग्लिन सडक पूर्ण रुपमा अवरुद्ध बनेको छ । भोटेकोशी हुँदै आएको बाढीले त्रिशूली नदीमा बहाव बढ्दा सडक अवरुद्ध भएको हो ।
त्रिशूलीमा आएको बाढीले तलबाट सडक कटान गरेपछि सडक अवरुद्ध भएको हो । बाढीले कटान गरेपछि सडक केही भासिएको छ । आज बिहान केहीबेर अवरुद्ध भएर खुलेको सडक केही समयमै पूर्ण रुपमा बन्द भएको हो ।