0
Shares
काठमाडौं । गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो ।
ललितपुरको लेले र नल्लुखका ढुंगाखानीबाट रोडाढुंगा उत्खनन गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले मेयर महर्जनसहित चाार कर्मचारी र नौ जना क्रसर सञ्चालकविरुद्ध मुद्दा दायर गरेको हो ।
उनीहरूमाथि एक अर्ब चार करोड विगो माग दावी गरिएको छ । अख्तियारले लेले र नल्लुका ढुंगाखानीमा अनियमितता भएको आरोपमा सोमबार मात्रै पाँच वटा मुद्दा पेश गरेको छ ।