0
Shares
काठमाडौं । काठमाडौँ महानगरले न्यूरोडको सडकमा फुटपाथ बनाउने योजनामा सडक विभागले हस्तक्षेप गरेको छ ।
सडक विभागले सोमबार बिहानदेखि महानगरले बनाउन थालेको फुटपाथलाई पिच गर्न शुरु गरेको थियो ।
सडक विभागले पिच शुरु गरेपछि महानगर प्रहरी गएर काम रोक्न प्रयास गरे पनि असफल भएको छ । अहिले केही स्थानीय महानगरको योजनाविरुद्ध देखिएका छन् ।
यसअघि एमालेसम्बद्ध स्थानीयले महानगरको फुटपाथ बनाउने योजनामा अवरोध गरेको भन्दै मेयर बालेन शाह एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि खनिएका थिए ।
उनले केपी अोलीलाई गिरिबन्धुमा गरेको नीतिगत भ्रष्टाचारको विषयलाई विषयान्तर गर्न न्यूरोडको फुटपाथ बनाउने योजनाको विरोध गरेको आरोप लगाएका थिए ।