नाडा अटो शोमा सिद्धार्थ बैंकको ५.९६% ब्याजदरमा अटो कर्जा

0 Shares

काठमाडौँ । सिद्धार्थ बैंकले नाडा अटो शो २०२६ लाई लक्षित गर्दै विशेष अटो कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई वार्षिक ५.९६ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने जनाएको छ ।

बैंकका अनुसार उक्त कर्जामा ०.५ प्रतिशत सेवा शुल्क (प्रोसेसिङ शुल्क) लाग्नेछ । विशेष कर्जा योजना नाडा अटो शो २०२६ अवधिमा बुकिङ गरिने सवारी साधनमा लागू हुनेछ ।

नाडा अटो शो २०२६ भदौ ९ देखि १४ गतेसम्म ९२५ देखि ३० अगस्ट २०२६० काठमाडौंको भृकुटीमण्डपमा आयोजना भइरहेको छ । एक्स्पोमा सहभागी भएर सवारीसाधन खरिद गर्ने ग्राहकले बैंकको विशेष कर्जा योजनाको लाभ लिन सक्नेछन् ।

बैंकले प्रतिस्पर्धी ब्याजदरमा उपलब्ध हुने यस योजनाले ग्राहकलाई आफ्नो आवश्यकता र बजेटअनुसार सवारीसाधन खरिद गर्न सहज हुने विश्वास व्यक्त गरेको छ ।

विशेष कर्जा योजनासम्बन्धी थप जानकारीका लागि बैंकको २४ घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मार्फत सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।

सम्बन्धित समाचार