३६७ किलो गाँजासहित तीन पक्राउ

0 Shares

काठमाडौं । प्रहरीले उदयपुर र चितवनबाट तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले ३६७ केजी अवैध लागूपदार्थ गाँजासहित सोम मगर, दिल्लीराम थारू र कर्णबहादुर तामाङलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले बेतिनीबाट कटारीतर्फ आउँदै गरेको ना ७ ख ८१७३ नम्बरको टिपरलाई जाँच गर्ने क्रममा टिपरको ढालाभित्र लुकाइछिपाइ राखेको नौ वटा बोराबाट उक्त परिमाणको गाँजा फेला पारेको थियो ।

उदयपुरको कटारी नगरपालिका ४ मरूवा खोलाबाट १९९ किलो गाँजासहित सोही वडाको कान्छी बजार बस्ने २१ वर्षीय सोम मगरलाई पक्राउ गरिएको प्रहरी जनाएको छ । प्रहरीले चितवनको राप्ती नगरपालिका १० चिप्लेटीबाट १६८ किलो गाँजासहित दुई जनालाई आज बिहान पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नवलपरासी पूर्वगैँडाकोट नगरपालिका २ भृकुटीचोक बस्ने मध्यविन्दु नगरपालिका ७ मिलनचोकका ५१ वर्षीय दिल्लीराम थारू र राप्ती नगरपालिका १ पिप्ले बस्ने ३६ वर्षीय कर्णबहादुर तामाङ छन् । जिप्रका चितवनबाट खटिएको प्रहरीले बा प्र ०३-०१-०२३ च ५८२८ नम्बरको कार जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला पारी चालक दिल्लीराम र कारमा सवार कर्णबहादुरलाई पक्राउ गरेको हो ।

सम्बन्धित समाचार