नयाँ नामी बक्स चाँडै आउँदै- नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै

0 Shares

काठमाडौं । नामीले आगामी नाडा अटो शो २०२६मानयाँ नामी बक्स सार्वजनिक गर्ने तयारी गरिरहेको छ।

सन् २०२४ मा पहिलोपटक नेपालमा सार्वजनिक भएको नामी बक्सआफ्नो आकर्षक डिजाइन, जीवन्त रङ, प्रभावशाली रेन्ज, फराकिलो केबिन र आधुनिक सुविधाका कारण छिट्टै लोकप्रिय बनेको थियो। यसको विशिष्ट डिजाइन र व्यावहारिक विद्युतीय मोबिलिटीले नेपाली बजारमा यसलाई लोकप्रिय रोजाइ बनाउन सफल भएको छ।

नेपालका सडकमा हालसम्म २,००० भन्दा बढी नामीसवारी साधन सञ्चालनमा आइसकेका छन्। यससँगै नामीले नेपालमा आफ्नो बलियो र प्रमाणित उपस्थिति स्थापित गरेको छ।नामी भिगोइ२को सफल सार्वजनिकरणपछि अब नयाँ नामी बक्सले अझ परिष्कृत र आकर्षक सुविधासहित यो यात्रालाई निरन्तरता दिने अपेक्षा गरिएको छ।

नयाँ नामी बक्सका सम्पूर्ण फिचर्स, स्पेसिफिकेसन र मूल्यनाडा अटो शो २०२६मा सार्वजनिक गरिनेछ।

सम्बन्धित समाचार