0
Shares
काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरापलिका ५ क्याम्पाडाँडामा स्कुटरसहित पानीमा डुबेको अवस्थामा एकजना पुरुषको शव भेटिएको छ । मंगलबार बिहान शव भेटिएपछि प्रहरीले अनुसन्धान सुरू गरेको छ ।
हेटौंडा ५ को माछा प्लाननजिकै एक पुरुषको शव भेटिएपछि त्यहाँबाट निकालेर अनुसन्धान अघि बढाइएको हो । मृतक हेटौंडा उपमहानगरपालिका–६, चौघडामा बस्दै आएका बनेपा नगरपालिका(६, नालाका आवास रञ्जितकार रहेको खुलेको छ।
स्थानीयका अनुसार घटनास्थलको प्रारम्भिक अवस्था हेर्दा स्कुटर अनियन्त्रित भई दुर्घटना भएको जस्तो देखिएको छ। शवसँगै पानीमा डुबेको अवस्थामा नीलो रङको यामाहा रे(जेडआर स्कुटर पनि फेला परेको छ। घटनाको थप विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।