0
Shares
काठमाडौं । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई थप चार दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ ।
प्रहरीले श्रेष्ठलाई थुनामा राख्न म्याद थपका लागि सोमबार अदालत लगेको थियो । यसअघि अदालतले उनलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।
पहिलो पटक म्याद सकिएपछि अनुसन्धान नसकिएको भन्दै प्रहरीले थप समय माग गरेको थियो ।