पेट्रोलियम पदार्थको मूल्य यथावत, बढ्यो घाटा रकम

0 Shares

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलिय पदार्थको मूल्य यथावत राख्ने निर्णय गरेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव देखिए पनि नेपालमा पेट्रोल, डिजेल तथा मट्टीतेलको खुद्रा बिक्री मूल्य यथावत राखिएको हो ।

भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा निगम सञ्चालक समितिको आइतबारको निर्णयअनुसार पेट्रोलियम पदार्थको मूल्य यथावत राखिएको हो ।

जारी विज्ञप्तिअनुसार निगमलाई पाक्षिक रूपमा ८१ करोड ३५ लाख घाटा हुने भएको छ ।

 

सम्बन्धित समाचार