0
Shares
काठमाडौं । नक्कली योजना र ठेकेदार खडा गरी भ्रष्टाचार गरेको आरोप अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर गरेको छ ।
अख्तियारले धनुषाको शहीदनगर नगरपालिकाकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत सावनकुमार चौधरीविरुद्ध मुद्दा दायर गरेको हो ।
विद्यालयमा पर्खाल बनाउने नक्कली योजना बनाएर र नक्कली ठेकेदार कम्पनी खडा गरी दुई लाख ७५ हजार रुपैयाँ दुरुपयोग गरेको आरोपमा अख्तियारले उनीसँगै रमेशकुमार चौधरी र गुरुदेव यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
रुफ कन्सल्टेन्सी एण्ड कन्स्ट्रक्सन कम्पनीको नक्कली लेटरप्याड प्रयोग गरी प्रबन्धको नक्कली हस्ताक्षर प्रयोग गरी उक्त कम्पनीको अधिकार प्राप्त व्यक्ति इन्जिनियर रमेशकुमार चौधरी बनेका थिए ।