जाजरकोट पहिरोबाट ३०० जनाको उद्धार

0 Shares

काठमाडौं । नेपाली सेनाले जाजरकोटको भेरी नगरपालिका २ रिसाङ इलाकामा गएको पहिरोबाट प्रभावित तीन सय जनाभन्दा बढीको उद्धार गरेको छ ।

पहिरो पीडितको खोज तथा उद्धारका लागि भवानीदल गणबाट खटिएको टोलीले अन्य सुरक्षा निकाय तथा स्थानीयको सहकार्यमा आज उनीहरुको उद्धार गरी सुरक्षित स्थानमा पठाइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सेनाको टोलीले पहिरोमा परी घाइते भएका आठ जनाको उद्धार तथा चार शव निकालेको निर्देशनालयले जनाएको छ ।

सम्बन्धित समाचार