काठमाडौं । तत्कालीन राजा वीरेन्द्र शाहको वंश नास हुने गरी नारायणहिटी दरबार हत्याकाण्ड भएको २३ वर्ष पुगेको छ । विं.सं. २०५८ जेठ १९ गते आजैको दिन भएको घटनामा परी राजा वीरेन्द्र शाहको वंश नास भएको थियो ।
राजदरबारभित्र भएको गोली प्रहारबाट राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार नीराजन, राजकुमारी श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको मृत्यु भएको थियो ।
घटनामा कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर र केतकी चेस्टर घाइते भएका थिए । उक्त हत्याकाण्ड आजको दिनसम्म रहस्यमय नै छ ।
तत्कालीन सर्वोच्च अदालतका न्यायाधीश केशवप्रसाद उपाध्याय र सभामुख तारानाथ रानाभाट रहेको उच्च स्तरीय छानबिन समितिले युवराज दीपेन्द्रलाई दोषी ठहर्याएर थिए । आमजनताले विश्वास गरेका छैनन् ।