पेट्रोलियम पदार्थको मूल्य घट्यो, कुनमा कति पुग्यो ?

0 Shares

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ ।

निगमले पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक रुपैयाँले घटाएको हो । भारतबाट मूल्य समायोजन भएर आएसँगै नेपालमा पनि घटाइएको हो ।

हवाई इन्धन र एलपी ग्यासको मूल्य यथावत रहेको निगमले जानकारी दिएको छ । घटेको मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ ।

सम्बन्धित समाचार