यी प्रदेशमा अत्यधिक गर्मीको असर, तातो लहरबाट बच्न अपिल

0 Shares

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशभर तातो लहर चलिरहेकाले सतर्क रहन अपिल गरेको छ ।

महाशाखाका अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भागका केही स्थानमा केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी मापन गरिएको छ ।

महाशाखाले आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार तराईका भागमा अत्यधिक गर्मीको सम्भावना रहने हुनाले आवश्यक तयारी गर्न र आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

यी स्थानमा आगामी दुई दिनसम्म तातो हावा तथा तातो लहर सम्भावना रहेकाले असरबाट बच्न आवश्यक सतर्कता अपनाउनसमेत अनुरोध गरिएको छ ।

तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरमा थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता आदि हुन सक्ने देखिएकाले बच्ने उपाय अपनाउन पनि महाशाखाले सुझाव दिएको छ ।

सम्बन्धित समाचार