दयाहाङ स्टारर फिल्म ‘रंगेली’को ट्रेलर सार्वजनिक (भिडियोसहित)

0 Shares

दयाराङ राई, अर्पण थापा, मिरुना मगर स्टारर ग्याङस्टर ड्रामा ‘रंगेली’को ट्रेलर सार्वजनिक भएको छ ।

बुधबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा दयाहाङ राईले रंगेलीको महाराज बन्न गरेको संघर्षलाई देखाइएको छ।

सुवेदीकै लेखन रहेको फिल्ममा मिरूना मगर, दयाहाङ राई, अर्पण थापा, प्रविण खतिवडा, रमेश बुढाथोकीलगायत कलाकारको अभिनय छ। फिल्मलाई सुशन प्रजापतिले छायांकन गरेका छन्।

संसार चौलागाईं र रमेश भट्टराई निर्माता रहेको फिल्ममा युवक कार्की र शिव शंकर चौलागाईं सह–निर्माता छन्। फिल्मका कार्यकारी निर्माता जितेन्द्र खतिवडा र अनुजजंग थापा हुन्।

यो फिल्म अमेरिकामा प्रिमियर हुने बताइएको छ। जापान, कोरिया र हङकङमा उज्ज्वल गुरागाईं र युएनए इन्टरटेन्मेन्ट, अमेरिकामा एक्का बास्सा इन्टरटेन्मेन्ट र लाइभ एट प्रिजेन्ट तथा अस्ट्रेलियामा हट बिट्स इभेन्टसले फिल्म रिलिज गर्दैछन्।

यो फिल्म फागुन २५ गतेदेखि प्रदर्शन हुनेछ।

 

सम्बन्धित समाचार