0
Shares
काठमाडौं । सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी एवम् राजावादी अभियान्ता दुर्गा प्रसाईं रिहा भएका छन् । आइतबार राति भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ परेका प्रसाईंलाई थप अनुसन्धानका लागि म्याद लिन प्रहरीले सोमबार जिल्ला अदालत भक्तपुरमा उपस्थित गराएको थियो । तर अदालतले म्याद थप्न अस्वीकार गरेपछि उनी रिहा भएका हुन् ।
प्रहरीले सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान गर्न प्रसाईंलाई नियन्त्रणमा लिएको जनाएको थियो। अदालतले म्याद नदिएसँगै उनी सोमबार नै रिहा भएका छन् । यस घटनाबारे थप विवरण सार्वजनिक हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।