0
Shares
काठमाडौँ । निजामती कर्मचारी अस्पताल ९सिभिल अस्पताल०मा आज बिहान ४ बजे देखि टिकट काट्ने लाइनमा बसेका सेवाग्राहीले आक्रोशित हुँदै केहीबेर नाराबाजी गरेका छन् ।
सिस्टम डाउन भएको भन्दै टिकट काट्ने कार्य सुरु नभए पछि नाराबाजी गरेका हुन् । चेकजाँचको लागि टिकट काट्न बिहानैदेखि अस्पतालमा भिड हुने गरेको छ ।
‘बिहान ७ बजेदेखि नै टिकट काट्ने कार्य हुन्थ्यो, तर आज अहिलेसम्म सुरु भएको छैन,’ टिकटका लागि लाइनमा बसेका बारा, निजगढका दामोदर मैनालीले भने । मैनालीका अनुसार टिकट काट्न ढिला गरेको भन्दै केही बेर नाराबाजी समेत भएको थियो ।
अस्पताल प्रशासनले सिस्टम डाउनको समस्या मिलाउने प्रयास गरिरहेको बताएको छ ।