0
Shares
काठमाडौं । जेन्जी आन्दोलनको क्रममा गत भदौ २४ गते सुनसरीको झुम्का कारागारबाट फरार भएका लागुऔषध मुद्दाका कैदी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा धरान उपमहानगरपालिका –११ बस्ने २५ वर्षीय कोक्लेटो भन्ने रन्जित विक रहेका छन्।
सुनसरी जिल्ला अदालतबाट लागुऔषध मुद्दामा ८ वर्ष कैद सजाय तोकिएकोमा रन्जित जेन्जी आन्दोलनको क्रममा झुम्का कारागारबाट भागी फरार भएका थिए।