0
Shares
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ काठमाडौँ फर्किएका छन्। बिहीबार सुनसरी पुगेका उनी मधेस प्रदेशमा केही दिनको बसाइँपछि काठमाडौँ फर्किएका हुन्।
कप्तानगञ्ज घटनाको विवाद समाधान र वार्ताका लागि उनी सुनसरी पुगेका थिए। त्यहाँ उनले पीडित परिवारसँग विभिन्न सम्झौता गरेका थिए। साथै सिरहा पुगेर पनि उनले पीडित परिवारसँग सम्झौता गरे।
हिन्दु मुस्लिम समुदायबिच द्धन्द्ध बढ्दै जाँदा तराई असमान्य हुँदै जान थालेको थियो । त्यस लगत्तै गृहमन्त्री गुरुङ तराईमा द्धन्द्ध समाधान नभएसम्म काठमाडौं नफर्किने अडान लिएका थिए । तराईमा द्धन्द्ध साम्य हुँदै गएपछि आइतबार साझ काठमाडौं फर्किएका हुन् ।