बूढानीलकण्ठमा प्रहरीले चलायो गोली

0 Shares

काठमाडौं । प्रहरीले काठमाडौंको बूढानीलकण्ठमा गोली चलाएको छ । घटनामा प्रहरीले कर्मा तामाङलाई नियन्त्रणमा लिएको छ ।

गए राति करिब २ बजेतिर गोली चलाएर तामाङलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । चोरी तथा लुटपाटमा संलग्न भएको आरोपमा उनलाई नियन्त्रणमा लिइएको थियो ।

खुट्टामा गोली लागेका उनको हाल ट्रमा सेन्टरमा उपचार भइरहेको छ । कैद भुक्तान गरिरहेका तामाङ जेनजी आन्दोलनमा फरार भएका थिए ।

सम्बन्धित समाचार