काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले सुरक्षा संवेदनशीलतालाई संघीय सरकारले पर्याप्त रुपमा सम्बोधन गर्न नसकेको बताएका छन् ।
बिहीबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै सांसद झाले मधेशका विभिन्न स्थानमा देखिएको घटनाको संकेत राम्रो नदेखिएको भन्दै यस्तो अवस्थामा संघीय सरकारले सुरक्षा संवेदनशीलतालाई पर्याप्त रुपमा सम्बोधन गर्न नसकेको बताएका हुन् ।
सुनसरीमा भएको घटनापछि राज्यको सक्रियता, तदारुकता पर्याप्त रुपमा नभएको आभास भएको उनको भनाइ छ । उनले सुनसरी घटनामा ओम प्रकाश मेहताको मृत्युपछि उनको परिवारले पाउनुपर्ने सान्त्वना, क्षतिपूर्ति र सम्मानजनक दाहसंस्कार जस्ता विषयमा राज्यको सक्रियता र तदारुकतामा कमजोरी देखिएको उल्लेख गरे ।
मधेस प्रदेशका सांसदहरूले रास्वपा सभापति रवि लामिछानेसँग भेटेर मधेशको सुरक्षा संवेदनशीलताको अवस्थाका बारेमा जानकारी गराइएको उनले जानकारी दिए ।