आज यी चार प्रदेशमा वर्षाको सम्भावना, अन्य स्थानको मौसम कस्तो ?

0 Shares

काठमाडाैं । नेपालमा स्थानीय र पश्चिमी वायको आंशिक प्रभावसँगै भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

जसका कारण हाल कोशी, मधेस र बागमती प्रदेशमा सामान्य बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सफा रहेको छ । कोशी प्रदेश एक दुई स्थानमा मेघगर्जन र चट्या्ङ्गसहित हल्का वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।

यी प्रदेशको केही स्थान तथा लुम्बिनी प्रदेशका पहाडी भागका एक दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ । हिमाली भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

यस्तै, कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सफा रहने छ । यी प्रदेशका थोरै स्थान तथा लुम्बिनी प्रदेशका पहाडी भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना छ ।

सम्बन्धित समाचार