सुनको मूल्य बढ्दा चाँदीको घट्यो, कुनको कतिमा हुँदैछ कारोबार?

0 Shares

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको भाउ घटेको छ । हिजो बुधबारको तुलनामा सुन तोलामा ८०० रुपैयाँले बढेको हो । चाँदी मूल्य १० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला दुई लाख ८४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । एक तोला चाँदीको मूल्य मूल्य चार हजार ३१० रुपैयाँ कायम भएको छ ।

हिजो सुन प्रतितोला दुई लाख ८३ हजार २०० रुपैयाँ हुँदा त्यति नै परिमाणको चाँदी चार हजार ३२० रुपैयाँमा किनबेच भएको थियो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ७६ र चाँदी ५७ अमेरिकी डलरमा किनबेच भइरहेको छ ।

सम्बन्धित समाचार