काठमाडौँ आउँदै गरेको बस दुर्घटना, उद्धार कार्य हुँदै

0 Shares

काठमाडौं । बर्दिबासबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस दुर्घटना भएको छ । बस सिन्धुलीको गोलन्जोर ७ मा दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार बस साँझ ५ः३० बजे दुर्घटनामा परेको हो । प्रहरीका अनुसार बस सडकबाट १० मिटर तल खसेको थियो । बसमा २८ जना सवार थिए ।

प्रहरीका अनुसार घाइतेको उद्धार गरी स्थानीय खुर्कोटको सुनकोशी सामूदायिक अस्पताल र नवजीवन अस्पतालमा उपचार भइरहेको छ । अहिले उद्धार जारी रहेको प्रहरीको भनाइ छ ।

सम्बन्धित समाचार