बैंकिङ कसुर मुद्दाका चार फरार प्रतिवादी पक्राउ

0 Shares

काठमाडौं । बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसुरमा संलग्न चार फरार प्रतिवादी पक्राउ परेका छन् ।

नेपाल राष्ट्र बैंकको पत्रका आधारमा शशिधर शर्मासमेत भएको बैंकिङ कसुर तथा सजाय ऐनअन्तर्गतको कसुरमा संलग्न उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

पक्राउ पर्नेमा बैतडीका रश्मी पन्त, गुल्मीका सन्तोष ज्ञवाली र राजेन्द्र श्रेष्ठ र रूपन्देहीका शिशिर पौडेल छन् । उनीहरुमाथि अनुसन्धान भइरहेको ब्यूराका प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशम्शेर जबराले जानकारी दिए ।

सम्बन्धित समाचार