0
Shares
काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका २ काभ्रेस्थलीमा बा ४ ख ३२० नम्बरको गाडी दुर्घटना हुँदा युवतीको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् ।
घटनामा धादिङकी २७ वर्षीया रमिता तोलाङ्गीको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
घाइते तोलाङ्गीलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । उनको शव परीक्षण गर्न त्रिवि शिक्षण अस्पतालल महाराजगञ्जमा राखिएको छ ।
घटनामा सिन्धुलीका गाडी चालक २६ वर्षीय सुशील दमाई, सोही ठाउँका सहचालक २० वर्षीय कृष्ण तमाङ, २६ वर्षीय गोपाल दमाई, २५ वर्षीय टेकबहादुर मरस्याङ्दी र १८ वर्षीया पवित्रा तोलाङ्गी घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको छ ।