0
Shares
काठमाडौं । सुनसरीको कप्तानगञ्ज क्षेत्रमा आइतबार रातिदेखि उत्पन्न भएको तनाव अहिले साम्य बन्दै गएको छ । हिजोदेखि सुरक्षा व्यवस्था सुदृढ बनाएर घटनाको छानबिन गर्न गठित सरकारी समिति, जिल्ला सुरक्षा समिति तथा प्रशासनको टोली कप्तानगञ्ज पुगेर घटनासम्बन्धी यथार्थ विवरण संकलनमा जुटेपछि अहिले अवस्था पहिलेको तुलनामा शान्त देखिएको हो ।
मृतक तथा घाइतेका परिवार, स्थानीय बासिन्दा र सरोकारवालासँग भेटघाट गरी टोलीले घटनाबारे जानकारी लिइरहेको छ ।