दुई अर्ब हुण्डी कारोबारमा धादिङका पुरुष पक्राउ

0 Shares

काठमाडौं । दुई अर्ब रुपैयाँभन्दा बढीको हुण्डी कारोबारको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले एक जनालाई पक्राउ गरेको छ ।

ब्युरोका अनुसार पक्राउ पर्नेमा धादिङको सत्यदेवी गाउँपालिका ८ घर भई काठमाडौंको नागार्जुन नगरपालिका ८ मा बस्दै आएका ४९ वर्षीय राजेन्द्रप्रसाद रिजाल हुन् ।

सीआईबीले शंकास्पद व्यक्तिहरूको बैंकिङ कारोबार विश्लेषण गर्ने क्रममा रिजालले अन्य व्यक्तिहरूसँगको मिलेमतोमा एक अर्ब ८९ करोड ६५ लाखभन्दा बढी बराबरको हुण्डीको माध्यमबाट कारोबार गरेको पाइएको हो । उनलाई पक्राउ गर्न सीआईबीले मंगलबार जिल्ला अदालत, काठमाडौंबाट अनुमति लिएको थियो ।

सम्बन्धित समाचार