साउन १२ गते तपाईको राशिफल कति शुभ?

0 Shares

आज मिति २०८३ साल साउन १२ गते मंगलबार । सन् २०२६ जुलाई २८ तारिख । नेपाल संवत् ११४६ । आज बिहान ५ बजेर २५ मिनेटमा झुल्किएको घाम साँझ ६ बजेर ५३ मिनेटमा अस्ताउनेछ । अपरान्ह ३ बजेर ५१ मिनेटदेखि बेलुकी ५ बजेर १२ मिनेटसम्म राहुकाल रहने हुनाले कुनै पनि शुभकार्य नगर्न अनुरोध छ । अब सुरु गरौँ आजको राशिफलः

मेष

मिश्रित फलदायी समय छ । आम्दानी तथा आयआर्जनका श्रोत बढ्नेछ भने व्यापारमा राम्रै फाइदा होला । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । विगतका समस्या बल्झिन सक्छन् । टाढिएका सन्तानलाई आमाको यादले सताउन सक्छ । शुभचिन्तकहरूको सुझाव मनन गर्दा मन शान्त रहला ।

बृष

अरूका काममा ज्यादा समय बित्न सक्छ । उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्ला । काम पूरा नहुनाले मन खिन्न रहनेछ । खानपानजन्य कारणबाट स्वास्थ्य कमजोर बन्ने योग छ, मसलाजन्य खानाबाट विशेष सावधान रहनुहोला । भौतिक साधनको क्षतिले रुपैयापैसाको हानी हुने देखिन्छ ।

मीथुन

ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्ने समय छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइएला । आलस्य गर्ने बानीले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ । रमाइलो यात्रा गर्ने अवसर जुट्ने देखिन्छ । अरूको भरपर्दा काम बिग्रन सक्छ, आफ्नै प्रयासले विशेष कार्य बन्ने योग छ ।

कर्कट

पछिसम्म लाभ हुने काममा लगानी गर्ने अवसर प्राप्त हुने दिन छ । आँटेका काम तत्काल सम्पादन हुनेछन् भने भौतिक साधन जुट्नाले आयआर्जन राम्रै होला । कतै अतिथिका रूपमा सम्मान समेत पाइएला ।

सिंह

आफ्नै कमजोरीले विवादमा पर्नसकिने तर सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा मिल्ने समय छ । सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने देखिन्छ । अनावश्यक भ्रमणमा समय बित्न सक्छ, ब्यर्थको भ्रमण नगर्नु उचित होला । नियमित कार्यमा पनि केही प्रतिस्पर्धाको अवस्था निम्तिन सक्छ । अरूको भरपर्दा आँटेको काम सम्पादन नहुन सक्छ, ध्यान राख्नुहोला ।

कन्या

रुचिका विषयमा लगानी बढाउने समय छ । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । समयमा होसियार बन्न नसक्दा काममा बाधा हुने र खर्च बढ्ने देखिन्छ । मेहनतअनुसार फाइदा कमै होला । तथापि, शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ । मुद्दा–मामिलामा पनि विजयी भइने छ ।

तुला

दिन शुभदायी हुनाले नसोचेको ठाउबाट धनको लाभ हुने देखिन्छ । साथै, व्यापार व्यवसायमा पनि राम्रै लाभ होला । विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि विशेष काममा जग बसाउने मौका जुर्ला । कर्मको उचित प्रतिफल पाइनेछ । विभिन्न उपहार प्राप्तिको योग छ ।

वृश्चिक

भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुन सक्छ । साझेदारीमा विशेष फाइदा हुने समय छ । तर, मौकाको फाइदा उठाउन निकै जोडबल लगाउनुपर्ला । आजको दिन सवारीसाधनको प्रयोगमा विशेष सावधानी अपनाउनु हितकर होला । नयाँ काममा हात हाल्दै हुनुहुन्छ भने उचित समय छ ।

धनु

आजको दिन सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्ने देखिन्छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता नगर्नु हितकर होला । होसियार रहनुहोला । हुलमुलमा धनमाल हराउन सक्ने योग छ ।

मकर

कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने समय छ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्ला । स्वास्थ्यगत समस्याले भने केही सताउन सक्छ । खानपानमा विशेष सजग रहनुहोला । लामो समयदेखि प्रयत्न गरेको कार्यले पूर्णता पाउने सम्भावना प्रबल छ ।

कुम्भ

लाभदायी काम प्रारम्भ हुने र गरिएका कामको राम्रै मूल्यांकन हुने समय छ । व्यावसायिक काममा खर्च बढेपनि परोपकार तथा सेवामूलक कामबाट प्रतिष्ठा मिल्नेछ । अवसरलाई पछ्याउन नसक्दा पछि परिने सम्भावनाप्रति सजग रहनुहोला । स्वास्थ्य केही कमजोर रहनसक्छ ।

मीन

सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । परिवारजनको साथले काममा उत्साह जगाउनेछ । तर, समयमा होसियार बन्न नसक्दा काममा बाधा हुने र खर्च बढ्ने देखिन्छ । मेहनतअनुसार फाइदा कमै होला । चिताएको काममा बाधा हुँदा मन खिन्न रहन सक्छ । पहिलेका समस्या दोहोरिन सक्छन् ।

सम्बन्धित समाचार