सिटिजन लाइफका ४ जना सञ्चालकको अवधि थपियो, अध्यक्षमा पाण्डेलाई निरन्तरता

0 Shares

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको सञ्चालक समितिका ४ जना सदस्यको पदावधि थपिएको छ । ४ वर्षे कार्यकाल पुरा भएपछि उनीहरुको पदावधि थप भएको हो ।

कम्पनीका अनुसार प्रदीप जङ्ग पाण्डे, सुमित कुमार अग्रवाल, मनोज कार्की र महेश स्वांरको अवधि थपिएको हो । उनीहरुको ४ वर्षे कार्यकाल साउन ६ गते बुधबार सकिँदै छ । तर, वार्षिक साधारण सभा सम्पन्न नभएकाले आगामी साधारण सभासम्मका लागि उनीहरुलाई नै सञ्चालकको रुपमा निरन्तरता दिने निर्णय भएको हो ।

उनीहरू सबै जना संस्थापक शेयरधनीको तर्फबाट प्रविधि गर्ने सञ्चालक हुन् । हाल कम्पनीको अध्यक्ष रहेका पाण्डेलाई नै अध्यक्षमा निरन्तरता दिने पनि कम्पनीले जानकारी दिएको छ ।

सम्बन्धित समाचार