कैलाश सिरोहिया हिरासतमा राख्न नपर्ने अदालतको निर्णय

0 Shares

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया रिहा भएका छन् ।

जिल्ला सरकारी वकिलको कार्यालय धनुषाको स्वीकृति र जिल्ला प्रहरी कार्यालय धनुषाले पठाएको पत्रका आधारमा ललितपुर प्रहरीले सिरोहियालाई गएराति हिरासतबाट मुक्त गरेको हो ।

सिरोहियालाई थप अनुसन्धानका लागि हिरासतमा राखिरहन नपर्ने भन्दै जिल्ला सरकारी वकिलको कार्यालयले गरेको निर्णयका आधारमा हाजिरी जमानीमा छोडिदिएको छ ।

अध्यक्ष सिरोहियालाई काठमाडौं थापाथलीस्थित कान्तिपुरको कार्यालयबाट प्रहरीले पक्राउ गरी नागरिकतासम्बन्धमा अनुसन्धान गर्न भन्दै स्थलमार्गबाट धनुषा लागिएको थियो ।

अदालतबाट तीन पटकमा ९ दिन म्याद थपेर हिरासतमा राखिएका अध्यक्ष सिरोहियाको स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार हेलिकप्टरमा काठमाडौं ल्याइएको थियो ।

नागरिकतामा कीर्ते गरेको आरोपमा पक्राउ परेका सिरोहियाबारे अनुसन्धान भने जारी रहने भएको छ । उनलाई जेठ ८ गते साँझ थापाथलीस्थित कान्तिपुरको केन्द्रीय कार्यालयमा प्रवेश गरी प्रहरीले कार्यकक्षबाट पक्राउ गरेको थियो ।

 

सम्बन्धित समाचार