0
Shares
काठमाडौं । स्थानीय बजारमा आइतबार सुनचाँदीको मूल्य वृद्धि भएको छ । गत शुक्रबारको तुलनामा आज सुन तोलामा एक हजार ९०० र चाँदी ४० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ८४ हजार र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार २४० निर्धारण भएको छ ।
गत शुक्रबार एक तोला सुन दुई लाख ८२ हजार १०० र चाँदी चार हजार २०० रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ३१ र चाँदी ५६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।