0
Shares
काठमाडौँ । पशुपतिनाथका चारवटै ढोका खोलिने भएको छ । यहिँ असार १ गतेदेखि यी चारवटै ढोका खोल्न लागिएको हो । पशुपतिनाथ दर्शन गर्नका लगि पर्यटकको संख्या बढ्दै गएपछि पशुपतिको ढोकाहरू खोल्ने निर्णय गरिएको हो ।
पशुपति क्षेत्र विकास कोषका अनुसार पशुपतिनाथ दर्शनका लागि भारतीय लगायत पर्यटकहरूको आउने संख्या बढेपछि पर्यटकको चापलाई कम गर्न र सहज रूपमा दर्शन गराउनका लागि मन्दिरका चारवटै ढोका खोल्ने निर्णय गरिएको हो ।
यसअघि, शिवरात्रि, तीज र बालाचतुर्दशीका दिन मात्रै पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोलिन्थयो।