0
Shares
काठमाडौँ । तिर्थयात्री बोकेर हिँडेको बस दाङमा दुर्घटना भएको छ । कोइलाबासबाट लमही आउँदै गरेको रा १ ख ८३३ नम्बरको बस गढवा गाउँपालिका ५ चिसापानीमा दुर्घटना भएको हो। बस दुर्घटना हुँदा २५ जना यात्रु घाइते भएका छन् ।
बसमा अधिकांश यात्रु स्वर्गद्वारी दर्शनका लागि हिँडेका तिर्थयात्री थिए । बस सडक किनारको नालीमा पल्टिएको छ । घाइतेहरूको अवस्था भने सामान्य रहेको छ । घाइतेहरुको उपचार लमही अस्पतालमा भइरहेको छ ।
इलाका प्रहरी कार्यालय गढवाका अनुसार दुर्घटनाको प्रारम्भिक कारण ब्रेक फेल भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।